काठमाडौँ । धनगढी क्षेत्रीय विमानस्थल विस्तारका लागि जग्गा खरिदमा अनियमितता गरेको भन्दै अख्तियारमा परेपछि पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।
पूर्वमन्त्री आलेविरुद्ध २०८१ चैत ११ गते उजुरी परेको थियो । उजुरी परेसँगै अख्तियारले पूर्वमन्त्री आलेमाथि छानबिन प्रक्रिया अघि बढाएको हो । आयोगले आलेसँग अनियमितताबारे परेको उजुरीका विषयमा जवाफ समेत माग गरेको छ ।
