रोल्पा । रोल्पामा एक महिलाको वेपत्ता भएको पाँच दिनपछि शव फेला परेको छ । माडी गाउँपालिका वडा नं. ६ लाप्चुङ कोलागैरा निवासी ४३ वर्षीया सुस्मिताको पाँच दिनपछि शव फेला परेको प्रहरीले जनाएको छ। सुस्मिता लाप्चुङ कोलागैरा निवासी भिमप्रसाद घर्तीमगरकी श्रीमती हुन् ।

उनी गत चैत २९ गते घरबाट आफन्तको घर जाने क्रममा सम्पर्कविहीन भएकी थिइन्। आफन्तले खोजीका लागि हुलियासहित भावाङस्थित प्रहरी चौकीमा जाहेरी दिएकोमा प्रहरीले खोजी थालेको थियो।

मंगलवार दिउँसो ती महिलाको माडी ५ वली खोलाको बीच भागमा पानीमा घोप्टो परेको अवस्थामा शव फेला पारिएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।