उदय बीसी
दाङ । दाङमा प्रहरीले चार जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रोल्पाको रोल्पा नगरपालिका ८ बस्ने बर्ष २६ को रविन घर्ती मगर, सोहकाी ठाउँका वर्ष २७ को समिप रोका मगर, वर्ष २५ को रिमन पुन मगर र वर्ष २५ को विकाश केसी रहेका छन् ।
उनीहरुलाई मंगलवार घोराही रोल्पा सडकखण्डको दुईखोलीबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा घोराहीबाट रोल्पातर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो । उनीहरु रा ४ प ४३५३ नम्बरको मोटरसाइकल र लु.प्र०.२-००१ प १३७६ नम्बरको स्कुटरमा सवार रहदा चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीहरुको साथबाट ४ ग्राम ६२० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । साथै उनीहरुबाट प्रहरीले Tramadol Hydrochloride capsule IP 50 mg लेखेको मनोद्वीपक पदार्थ ७४ पत्ता ७४० क्याप्सुल पनि बरामद गरेको छ।
