इन्द्रेणी संवाददाता
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले गएको शुक्रवार काठमाडौंको तीनकुनेमा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्या विरोधसहित विभिन्न माग राख्दै नेपाल सरकारलाई ज्ञापनपत्र पठाएको छ । प्रमुख जिल्ला अधिकारीमार्फत महासंघले सोमबार ज्ञापनपत्र पठाएको हो ।
ज्ञापनपत्रमा पत्रकार सरेश रजकका हत्यारालाई तत्काल कानुनी दायरामा ल्याएर कारवाही गर्नुपर्ने, सञ्चार माध्यममा भएको तोड्फोडको क्षतिपूर्ति उपलव्ध गराउनुपर्ने, त्यस समयमा सूचना संकलनका क्रममा अन्य पत्रकारहरु पनि घाइते भएको भन्दै उनीहरुको उपचार व्यवस्था गरिनुपर्नेलगायतका माग गरिएको छ । पत्रकारहरुको हत्या हुनु, पत्रकारमाथि र सञ्चारमाध्यमहरुमाथि आक्रमण हुने निन्दनीय कार्य भएको भन्दै महासंघले आफ्ना मागहरु एक साताभित्र सम्बोधन नभए सरकारविरुद्ध चरणवद्ध आन्दोलन गर्न वाध्य हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
नेपाल पत्रकार मसहासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीसहितको पत्रकारहरुको टोलीले ज्ञापनपत्र सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढालाई बुझाएको थियो । ज्ञापनपत्र बुझदै सहायक प्रमुख जिल्ला अधिकारी बुढाले पत्रकारको हत्या गरिनु र पत्रकारहरुमाथि आक्रमण हुनु दुखद भएको भन्दै ज्ञापनपत्रलाई सम्बन्धित निकायसम्म पु¥याउने प्रतिवद्धता जनाएका थिए ।
