काठमाडौं । काठमाडौं महानगरपालिकाको गाडी पूर्वराजा ज्ञानेन्द्रको बस्ने निर्मल निवास गेट अगाडि पुगेर फर्किएको छ ।

शुक्रबार राजावादीले गरेको आन्दोलनमा महानगरपालिका विभिन्न सडकमा फोहोर र आगजनी गरेको भन्दै महानगरले सात लाख ९३ हजार जरिवानाको पत्र काटेको थियो । त्यही जरिवानाको पत्र लिएर महानगरको टोली निर्मल निवास पुगेको हो ।

पत्र बुझाउनका लागि महानगरपालिको टोली त्यहाँ पुगेपनि प्रहरीले गेटबाटै फर्काइदिएको छ । आइतबार बिहान काठमाडौँ महानगरपालिकाको टोली निर्मल निवास गेटमा पुगेको थियो ।