काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायकको नै नभएको बताएका छन् ।
काँग्रेसका बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायकको र हुन पनि नसक्ने बताएका हुन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले पूर्व राजा ज्ञानेन्द्रलाई पार्टीको अध्यक्ष बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सुझाव दिर्दै पार्टी अध्यक्ष बनाउँदा पनि राप्रपा पछुताउने दाबी गरे ।
‘बरु राप्रपाले पार्टी सभापति (अध्यक्ष) बनाए हुन्छ । पूर्वराजले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो । तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन्’ देउवाले भने ‘यिनको बानी के छ, टेम्पारामेन्टले पनि यिनी कुनै पनि हालतमा संवैधानिक राजा बन्ने वाला छैनन् ।’
