दाङ । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको सांग्रीला प्लाई उद्योगमा आगगाली भएको छ । विद्युत सट भएर रातको करिब १ः३० बजेदेखि आगलागी शुरु भएको बताइएको छ ।

आगलागीका कारण प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने मेसिनलगायतका सामग्री जलेर नष्ट भएको छ । आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए ।

आगलागीका कारण मानवीय क्षति भने भएको छैन । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयबाट प्रयास भइरहे छ । उद्योगमा लागेको आगलागीकाबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ । थप विवरण आउन बाँकी छ ।