बाँके । बाँकेमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु भएको छ ।

बाँकेको डुडुवा गाउँपालिकाको बेतहनी चोकमा आइतबार दिउँसो पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई बालकको घटनास्थलमै मृत्यु भएको जिल्लाका निमित्त प्रहरी प्रवक्ता यमबहादुर मल्लले जानकारी दिएका छन् ।

बालकहरुको ज्यान गएपछि स्थानीयले पानी ट्यांकरमा आगजनी गरेका छन्। आक्रोशित स्थानीले प्रहरी चौकी बेतहनीमा समेत ढुंगामुढा गरेका छन् ।

प्रहरीले ट्यांकर चालकलाई नियन्त्रणमा लिएको छ । घटनापछि सो क्षेत्र तनावपूर्ण बनेको छ । घटनाको सबै विवरण आउन बाँकी छ ।