रुकुम । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदुरको मृत्यु भएको छ । शुक्रबार दिउँसो चौरजहारी नगरपालिका–१ मा लु प्र ०३–००१ क ००२७ नम्बरको मिनि ट्रकले बोकेको मार्वल र सिमेन्टले च्यापिएर ती मजदुरको ज्यान गएको हो । ट्रकमै बसेका दुई कामदारमध्ये एक मजदुरको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–१ का २४ वर्षीय देवचन्द्र सार्की रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठक जानकारी दिएका छन् । सोही नगरपालिका –६ का २१ वर्षीय मन्दिर सार्की भने घाइते भएका छन् । घटना लगत्तै दुवै जनालाई उपचारको लागि चौरजहारी अस्पतालमा भर्ना गरिएको थियो ।
चिकित्सकले देवचन्द्रलाई मृत घोषणा गरेको र घाइते मनविरको उपचार भइरहेको छ । मनविरको हातमा चोट लागेको छ । ट्रकको पछाडिको भागमा मार्वलसँगै दुई कामदारहरु चढेका थिए ।
