काठमाडौँ । पदमकन्या क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार भूमेश्वरी ऐर (भूपी) विजयी भएकी छन् ।
बिहीबार राति ऐर सो क्याम्पसको स्ववियु सभापतिमा विजयी भएकी हुन् । भूपीले अखिलको गठबन्धनलाई पराजित गर्दै विजयी भएकी हुन् । भूपी कांग्रेस नेता गगन थापा निकट मानिन्छिन् । उनले स्वतन्त्रबाट बागी उम्मेदवारी दिएकी थिइन् ।
