दाङ । भोलि शनिवार लुम्बिनी प्रदेशका सबै जिल्लामा प्रतिगामी चिन्तन विरुद्ध सडक वाचन कार्यक्रम हुने भएको छ। प्रगतिशील लेखक सङ्घ लुम्बिनी प्रदेशको निर्णयअनुसार सङ्घका जिल्ला शाखाहरुले कार्यक्रम आयोजना गर्ने संघका लुम्बिनी प्रदेश गोविन्द खड्काले जानकारी दिए।
यसैबीच प्रलेस दाङ शाखाको आयोजनामा दिउँसो २ बजे घोराहीमा सडक कविता वाचन हुने भएको छ। कार्यक्रममा कवितासहित उपस्थितिका लागि सम्पूर्ण गणतान्त्रिक स्रष्टाहरुलाई प्रलेस दाङले आग्रह गरेको छ। घोराहीको सहिद गेटमा कार्यक्रम हुने संघका जिल्ला सचिव पुरन शर्माले जानकारी दिएका छन् ।
