इन्द्रेणी संवाददाता
दाङ। दाङको तुलसीपुरमा एक युवकमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट तुलसीपुर–१८ दुधरासका १८ बर्षीय विनोद नेपाली गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
सामान्य विवाद हुँदा खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार हुँदा नेपालीको ढाडमा गहिरोचोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पताल सामान्य उपचार पश्चात थप उपचारका लागी नर्सिङहोम नेपालगंज रिफर गरिएको छ ।
खुकुरी प्रहार गर्ने ब्यक्तिहरूको पहिचान हुन सकेको छैन । खुकुरी हान्ने ब्यक्ति फरार रहेका छन् । युवकमाथि खुकुरी हान्नेहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राना मगरले बताएका छन् ।
