काठमाडौं । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दीपक थापालाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुख रहेका थापा प्रहरीको ३१ औं आईजीपी बन्न सफल भएका छन् । आईजीपीका ३ जना प्रतिस्पर्धीमध्ये वरीयतामा थापा एक नम्बरमा थिए ।
प्रतिस्पर्धाको दोस्रो नम्बरमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी र तेस्रोमा टेकबहादुर तामाङ थिए । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् ।
