इन्द्रेणी संवाददाता

दाङ, ४ चैत – राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक तथा पञ्चायतकालीन नेता नवराज सुवेदीले आजदेखि राप्रपाको साधारण सदस्य नरहने घोषणा गरेका छन्।

काठमाडौंको डिल्लीबजारमा राजावादी पक्षधरहरूको भेलापछि आयोजित पत्रकार सम्मेलनमा सुवेदीले राजसंस्थाको पुनर्स्थापनाका लागि दृढ अडान लिने बताएका छन्। “अब म राजा ल्याउन लाग्छु,” उनले स्पष्ट घोषणा गरे।

सुवेदीले दलहरू समेत समेटिने नवीन राजनीतिक समझदारीको प्रस्ताव अघि सारेका छन्। राजावादीहरूले संवैधानिक राजसंस्थाको पुनर्स्थापना, सनातन हिन्दू अधिराज्यको पुनर्स्थापना, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासनलाई मुख्य एजेन्डा बनाएका छन्।

साथै, उनीहरूले आफ्नो अभियानलाई कमजोर आँकिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएका छन्।