दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जरी सेवा सुरु भएको छ। न्युरो सर्जन डा. उपमा शर्माले आइतबारदेखि प्रतिष्ठानबाट न्युरो सर्जरी सेवा सुरु गरिएको हो ।
यो सेवा सुचारूसँगै प्रतिष्ठानले मुटुरोगको उपचार पनि छिट्टै सुचारू गर्ने तयारीमा रहेको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले बताए । न्युरो सर्जरीमा लामो समय काम गरिसकेकी न्युरो सर्जन डा. शर्मा यसअघि बाँकेको नेपालगन्ज मेडिकल कलेजमा कार्यरत थिइन् ।
उन प्रतिष्ठानमा आएपछि आइतबारदेखि न्युरो सर्जरी सेवा सुरु गरिएको हो । प्रतिष्ठान न्युरो सर्जरी सेवा सुरु भएसँगै साविक राप्तीका नागरिकलाई स्वास्थ्य सेवा लिन सहज हुने अपेक्षा गरिएको छ ।











