काठमाडौँ । समाजवादी मोर्चाले गणतन्त्रवादीहरू एक भएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत पार्टी अबद्ध मोर्चाले यस्तो निष्कर्ष निकालेको हो ।

सिहंदरबारमा हिजो बसेको मोर्चाको बैठकले राजसंस्थाबाट मुलुक र जनताको हित हुन नसक्ने भन्दै जनतामा छाएको निराशाबाट राजसंस्थावादीले फाइदा उठाउन खोजेको ठहर गरेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायत नेताहरू सहभागी बैठकले आज फेरि बैठक बसी पछिल्लो राजनीतिक गतिविधिबारे धारणा सार्वजनिक गर्ने जनाइएको छ। प्रचण्ड सरकारले गरेका गतिविधिका कारण प्रतिक्रियावादीहरूले टाउको उठाउने मौका पाएको बताएका थिए ।