रोल्पा । एक साता अघि घरबाट हराएका रोल्पाको लुङ्ग्री ५ बुझिङ जल्केनीका ६४ वर्षीय जिते विक मृत अवस्थामा फेला परेका छन् ।
रोल्पाको लुङ्ग्री गाउँपालिका –५ बुझिङ जल्केनीका ६४ वर्षीय जिते विक फागुन १९ गतेदेखि बेपत्ता भएका थिए । उनलाई सोमबार स्थानीयले लुङग्री गाउँपालिका –५ पुरानो बुझीङस्थित सुनथोक सामुदायिक वनमा मृत फेला पारेको इलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक अरुण तामाङले जानकारी दिएका छन् ।
मृतकको शव सडेको अबस्थामा रहेको तामाङले बताए। मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा पठाइएको प्रहरीले जनाएको छ ।
