दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको फगुुन २ गते देखि घोराही उपमहानगरपालिका–१४, झिँगौरामा जारी छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१ को मुख्य आकर्षणको रुपमा रहेको अन्डरवाटर फिस टनेल शुरु भएको छ ।
आज शनिवार देखि फिस टनेल सञ्चालनमा आएको हो । यो टनेल नेपालमै चौथो पटक प्रयोगमा प्रयोग गर्न लागिएको आयोजकको दावी छ ।
यो नयाँ र पहिलो भएकाले पनि दर्शकहरुको रोजाइमा पर्ने अपेक्षा गरिएको छ । टनेलभित्र गएर विभिन्न प्रकारका माछाहरू नजिकबाट अवलोकन गर्न सक्नेछन्। साथै, विभिन्न रङ र आकारका समुद्री माछाहरू पनि प्रदर्शनी हुने छ।
आज शान्ती श्री परियारको प्रस्तुति
आज शनिवार लोकप्रिय गायिका शान्ती श्री परियारको विशेष प्रस्तुति हुने भएको छ। पछिल्लो समय एकपछि अर्को हिट गीत बजारमा ल्याउँदै आएकी गायिका परियारको प्रस्तुति रहने महोत्सव आयोजक मूल समितिका संयोजक वसन्त जोशीले जानकारी दिए ।
शान्ती श्री परियार नेपाली लोकदोहोरी क्षेत्रमा स्थापित गायिका हुन्। उनका ूअरेली काडैले मलाई च्वास्सै च्वास्सैू, (बोल माया) ूगलबन्दी च्यातियो तिम्ले तानेरू, बस्यौ अलक्कैू लगायतका चर्चित गीतहरू रहेका छन्। आज परियारसँगै लोकप्रिय गायक हेमन्त शर्मा, रूचा मगर लगायतका कलाकारहरूको प्रस्तुति रहने प्रचारप्रसार उपसमितिका संयोजक युवराज पोखरेलले जानकारी दि।ए ।











