दाङ । बिमाबोर्डले ११ करोड बिमा रकम भुक्तानी नगर्दा दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिमा अन्तर्गतको दैनिक दिइने सेवा सुविधा कटौती गरेको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरेर बिमीत बिरामीलाई दिएको सेवा सुविधा बापत बिमाबोर्डबाट प्रतिष्ठानलाई ११ करोड रकम भुक्तानी नभएकोले अबदेखि उक्त सेवा दिन नसकिने बताएको हो ।

प्रतिष्ठानका निमित्त निर्देशक जनार्दन पन्थीले १८ गतेदेखि बिमा अन्तर्गत औषधी तीन महिनाबाट १ हप्तामा सिमित गरिएको जानकारी दिए । त्यस्तै प्रतिष्ठानले प्रयोगशाला र रेडियोलोजी जाँच सेवा स्थगित गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानलाई उक्त भुक्तानी पाएमा पुनः उक्त सेवालाई अगाडि बढाउने निमित्त निर्देशक पन्थीले बताए। तर अहिलेको परिस्थितिमा बिमीत बिरामीहरूलाई औषधी लगायत चेक जाच सेवा दिन नसकिने उनको भनाइ छ ।

बिमित बिरामीहरूको अत्यधिप चाप बढेकोले दैनिक दिइने सेवालाई फागुन १८ गतेदेखि बिमा अन्तर्गत औषधी ३ महिनाबाट १ हप्तामा सिमित गरिएको विज्ञप्तीमा उल्लेख छ ।