दाङ, १६ साउन
दाङमा आज भएको सवारी दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन । बा २ च १३८१ नम्वरको स्कूल भ्यानले रा २ प ३२८० नम्वरको मोटरसाईकललाई लमहीमा ठक्कर दिदा दुर्घटना भएको हो ।feature

दुर्घटनामा लमही नगरपालिका ११ निवासी ३२ बर्षीया दुलमदास चौधरी गंम्भिर घाईते हुनुभएको छ ।

चौधरीको खुट्टाहरुमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । घाइते चौधरीलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।।