दाङ, १६ साउन
यहि साउन २५ गते परेको २० औं विश्व आदिबासी दिवस दाङमा पनि मनाइने भएको छ । दिवसका अवसरमा त्रिपुर र भालुवाङमा कार्यक्रम आयोजना गरिने भएको छ ।
त्रिपुर नगरपालिकाको नारायणपुरमा नेपाल आदिवासी जनजाति महाँसंघ घोराही समन्वय परिषद र त्रिपुर समन्वय परिषदले संयुक्त रुपमा दिवस मनाउने भएका छन । यसैगरी सोही दिन नेपाल मगर पत्रकार संघ दाङले पनि भालुवाङमा कार्यक्रम गर्ने भएको छ ।
त्रिपुरमा हुने कार्यक्रमका लागी घोराही समन्वय परिषदवाट सुभाष पुन र त्रिपुरवाट वेद वहादुर वुढा मगरलाइ संयोजक तोकिएको छ । घोराही समन्वय परिषदका उपाध्यक्ष टेकमान वुढा मगर र त्रिपुर समन्य परिषदका उपाध्यक्ष धुर्व बाँठाको उपस्थितीमा वसेको वैठकले संयोजक तोकेको हो ।
सो अवसरमा आदिवासी जनजातिहरुलाई आफ्नो भेषभुषासहित त्रिपुरको सौंडीकुलामा सहभागी भइदिन आग्रह गरिएको छ ।।
