ओमप्रकाश गुप्ता
सिसहनियाँ १६ साउन ।
आन्तरिक राजश्व कार्यालय तुलसीपुरको कर टोलीले सिसहनियाँ उद्योग वाणिज्य संघले ५ लाख ५० हजार बराबरको राजश्व संकलन गरेको छ ।taxx

जसमा २ सय ३१ जनाको नविकरण, ३८ जनाको नयाँ दर्ता र मदिरा अन्तर शुल्कमा ३१ जनाको नवीकरण, ८ जनाको नयाँ दर्ता गरि कुल ३ सय ८ जना उद्योगी व्यापारीबाट गरि कुल ५ लाख ५० हजार राजश्व संकलन गरेको कर अधिकृत बासुदेव नेपालले जानकारी दिनु भएको छ ।

त्यसै गरि सिसहनियाँ उद्योग वाणिज्य संघले पनि संघमा आवद्घ २ सय ३६ जना उद्योगी व्यापारीको फर्म नवीकरण , ४५ जना उद्योगी व्यापारीको नयाँ फर्म दर्ता र १४ जना बाहिरी व्यापारीहरुको नयाँ फर्म दर्ता गरि कुल २ सय ९५ जना उद्योगी व्यापारीबाट कुल १ लाख ८३ हजार ७ सय रुपैयाँ आम्दानी गरेको टोलीमा सहभागी संघका कार्य समिति सदस्य राजकिरण खत्रीले जानकारी दिनुभएको छ ।।