रेखा मगर
दाङ, १६ साउन
नेपाल पत्रकार महाँसघ दाङले रेडियो मध्यपश्चिमकर्मी अर्जुन महराको निधनप्रति दुख व्यक्त गरेको छ । महाँसंघका कार्यबाहक अध्यक्ष लक्ष्मी आचार्यले आज शोक–वक्तव्य जारी गरी रक्तक्यान्सर पीडित पत्रकार महराप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको हो ।shok baktabya arjun 2073-4-16

पत्रकारितामा नयाँ उत्साहका साथ प्रवेश गर्नुभएका स्वरका धनी महराको निधनले एक असल, मेहनति र पत्रकारिता पेसाप्रति इमान्दार सहयात्रीलाई गुमाउनुपर्दा निकै दुखी तुल्याएको शोक वक्तव्यमा उल्लेछ । साथै महरालाइ रक्तक्यान्सर भएको थाहा भएपछि महासंघ दाङ शाखाले थालेको ‘पत्रकार अर्जुन महरा बचाऔं अभियान’मा साथ दिने व्यक्ति तथा संघसस्थालाइ धन्यवाद ज्ञापन गरिएको छ ।

पहिलो चरणमा संकलन भएको रकम एक लाख एघार हजार पाँच सय रुपैयाँ अर्जुनका बुवा दामबहादुर महराको खातामा जम्मा गरिसकेको र बाँकी तेइस हजार पाँच सय छ रुपैयाँ परिवारजनलाई छिट्टै हस्तान्तरण गर्ने पनि शोक वक्तव्यमार्फत् जानकारी गराइएको छ । उहाँको दुखद निधनप्रति सामाजीक सञ्जालमा समेत दुख व्यक्त भएको छ ।।