दाङ, १६ साउन ।
ब्लडक्यान्सर पीडित पत्रकार अर्जुन महराको आज निधन भएको छ । करिब एक महिना देखी काठमाडौमा उपचाररत २२ बर्षिय महराको आज मध्यान्न १२ बजे काठमाडौको नेपाल क्यान्सर हस्पिटलमा निधन भएको हो । यसअघि करिब एक महिना सिभिल हस्पिटलमा उपचार गराएर महरालाई थप उपचारका लागि गएको ६ गते नेपाल क्यान्सर हस्पिटलमा भर्ना गरिएको थियो ।
arjun
पत्रकार महरा रक्त क्यान्सर, हड्डी भित्रको मासी र मुटुमा समस्या तथा निमोनियाबाट पिडित हुनुहुन्थ्यो । पत्रकार महराको उपचारकै क्रममा निधन भएको रेखदेखमा रहनुभएका मामा हेमबहादुर खत्रीका अनुसार आज निधन भएको हो । देउखुरीको लमहि नगरपालिका ११ रातोडाँडामा घर भएका महरा राम्रो संभावना भएको र क्रियाशिल पत्रकार हुनुहुन्थ्यो ।

दुई बर्ष देउखुरीको हाईवेय एफएममा काम गरेका पत्रकार महरा पछिल्लो समयमा रेडियो मध्यपश्चिममा कार्यरत रहनुभएको थियो । परिवार र आफन्तीहरु काठमाडौ पुगेकाले महराको काठमाडौमै दाहसंस्कार गरिने भएको छ ।।