दाङ । दाङको तुलसीपुरमा भरूवा बन्दुकको गोली लागेर एक जना बालकको ज्यान गएको छ । शनिबार बिहान ११ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ ठुटासम्बा निवासी १० वर्षीय शिशिर केसीले खेलाउदै गरेको भरुवा बन्दुक पड्किएर उनकै ९ वर्षका भाइ भुवन केसीको मृत्यु भएको हो।

घरदेखि १५ मिटर टाढा रहेको खलोमा खेल्ने क्रममा घरमा बाजे ६२ बर्षीय भुविन्द्र खत्रीले घरमा लोड गरी राखेको भरुवा बन्दुक खेलाउने क्रममा पड्किदा भुवनको दाँया कंचटमा गोली लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरी यसबारे थप अनुसन्धान अघि बढाएको बताएको छ ।