
एजेन्सी । दुई महिनाअघि भएको राष्ट्रपति पदको चुनावमाबाट अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आज सोमबार शपथ लिँदैछन्। शपथ ग्रहणका लागि उनी वासिङ्टन पुगेका छन्।
यसअघि ट्रम्प २०१६ को नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएर २०२० सम्म चार वर्ष ह्वाइटहाउमा रहेका थिए । उनी २०२० मा वर्तमान राष्ट्रपति जो वाइडेनसँग पराजित भएपछि २०२१ जनवरीमा ह्वाइट हाउसबाट बिदा भएका थिए ।
यसैबीच ट्रम्पले एपलाई बचाउन कदम चाल्ने आश्वासन दिएपछि झण्डै १२ घण्टा आफ्नो सेवा बन्द गरेको टिकटकले अमेरिकामा आफ्नो सेवा पुनः शुरु गरेको बीबीसीले जनाएको छ ।
एपमाथि प्रतिबन्ध लाग्नुभन्दा केही घण्टाअघि अस्ति शनिवार रातिदेखि एपले अमेरिकामा आफ्नो सेवा बन्द गरेको थियो । अमेरिकामा टिकटकलाई प्रतिबन्ध गर्ने नयाँ कानून लागू भएपछि एप्पल र गुगल प्ले स्टोरमा पनि उपलब्ध थिएन ।
तर ट्रम्पले आज शपथग्रहण समारोहपछि आफूले टिकटकलाई प्रतिबन्ध गर्ने कानून लागू गर्न ढिलाइ गर्ने कार्यकारी आदेश जारी गर्ने प्रतिबद्धता जनाएपछि कम्पनीले अमेरिकामा सेवा पुनः सञ्चालनमा ल्याएको थियो । अमेरिकामा टिकटकमा १७ करोड प्रयोगकर्ता रहेका छन् । पदभार ग्रहणको पहिलो दिनमै उनले १०० वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी भएको बताइएको छ ।
