रेखा मगर
दाङ, १६ साउन
दाङमा व्यवसायिक रुपमै अल्लो खेती सुरु गरिएको छ । जिल्लाको लक्ष्मीपुर गाविस ५ सिस्नेखोलामा समुहमार्फत अल्लोको खेती थालिएको हो । स्थानीय कृषक राममवहादुर विष्टका अनुसार अहिले सिस्नेखोला र पालुथान सामुदायिक बनमा गरी झण्डै २ सय अल्लोको विरुवा रोपिएको छ ।
गत वर्षपनि त्यस क्षेत्रमा अल्लोको विरुवा रोपिएको र यसवर्षदेखि अलि वढाउँदै लैजान थालिएको हो ।
सदरमुकाम घोराही नजिकै रहेको सिस्नेखोलाको हावापानी अल्लो उत्पादनका लागी उपयूक्त भएपछि कृषकहरु गत वर्षदेखी अल्लो खेतीतर्फ लागेका हुन ।
उनीहरुले घोराहीस्थित पे्रम निस अल्लो धागो (पुवा) तथा तयारी पोशाक उद्योगसँगको सहकार्यमा अल्लो खेती सुरु गरेका हुन ।
अल्लोको व्याड राखेर अबको केही दिनमा झण्डै १ हजार ५ सय अल्लोका विरुवा रोपिने कृषक विष्टले वताउनुभयो ।
किसानहरुले खाली जमिन र बारीमा पनि अल्लो रोपेका छन । त्यहाँ उत्पादन भएको अल्लोवाट पे्रम निस अल्लो धागो उद्योगले विभिन्न सामाग्री निर्माण गरी बिक्रि गर्ने लक्ष्य लिएको छ ।
यसैविच, अव दाङका विभिन्न ठाउामा अल्लो खेतीलाइ वढाउँदै लैजान र व्यवसायिक वनाउन पहल थालिएको छ ।
महिला उद्यमी तथा पे्रम निस अल्लो धागो तथा तयारी पोशाक उद्योगकी प्रोपाराईटर पे्रमकुमारी पुनले आफुहरुले अल्लोको व्यवसायबाटै विभिन्न वस्तु उत्पादन तथा महिलाहरुलाई रोजगारी दिन सफल भएकोले अझैं यसलाइ वढाउँदै लैजाने जानकारी दिनुभयो ।
आगामी वर्षदेखि जिल्लामा केही सामुदायिक वन तथा किसानहरुको बारीमा पनि अल्लोको खेती गर्ने योजना अनुसार
जिल्ला बन कार्यालय र बन मन्त्रालयसँग कुरा भइरहेको पुनको भनाइ छ । यसअघि राप्तीका रोल्पा रुकुममा अल्लो खेती गरिँदै आइएको थियो ।
अल्लो जन्य वस्तु उत्पादन गरी दाङमा महिलाहरु व्यवसायिक वन्दै गएका छन । उनीहरुले आफ्नै गाउँ ठाउँमा उत्पादित अल्लोबाट स्वरोजगार समेत वनेका छन ।।