श्रावण १६
रोटरी क्लव अफ तुलसीपुर सिटीले शनिवार एक कार्यक्रमका विच वातावरण संरक्षण अहिलेको आवश्यकता भन्ने मूल नारालाई आत्मसाथ गर्दै तुलसीपुरमा वृक्षारोपन गरेको छ । क्लवको केन्द्रिय कार्यक्रम अन्र्तगत तुलसीपुर ९ दुधेनामा रहेको श्री निम्न माध्यामिक विद्यालयको परिसरमा झण्डै ३५० वढि विरुवा रोपिएको क्लवका अध्यक्ष विरु रावतले जानकारी दिनुभएको छ ।
विद्यालय व्यवस्थापन समिति , नव दुर्गा सामुदायिक वन , रोट्रयाक्ट क्लव अफ तुलसीपुर , शस्सत्र वेस क्याम्प तुल्सीपुर,स्थानीयबासी लगाएतको सहकार्यमा बिभीन्न जातका बिरुवाहरु रोपिएको हो । कल्बका अध्यक्ष रावतको अध्यक्षता एबं समाज कल्याण अधीकृत टोप बहादुर डागीको प्रमुख आतीथ्यतामा भएको उद्धघाटन कार्यक्रममा बोल्ने बत्ताहरुले बृक्षारोपन र बिरुवाको रेखदेखबाट मात्रै जलवायू परीर्बतनबाट हुने असरलाई न्यूनीकरण गर्न सकीने बताएका छन ।
साथै समुदाएमा रहेका सबै तह र तप्काको सामुहीक प्रयासबाट मात्रै समाजीक बिकासमा सफलता मिल्ने धारणा ब्यत्त गरेका छन । सो अबसरमा रोटरी इन्टर नेसनल ३२९२ असीस्टेन्ट गर्भनर कुसल तर्ताल,कल्बका सस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ,बिद्यालय ब्यबस्थापन समीतीका अध्यक्ष घनस्याम आचार्य,रोट्रयाक्ट कल्ब अफ अफ तुल्सीपुरका अध्यक्ष सन्दीपन रिजाल लगाएतले बोल्नुभएको थीयो । नीर्वतमान अध्यक्ष ललीत बहादुर घर्तीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव यज्ञ बहादुर केसीले गर्नुभएको थीयो । कार्यक्रममा कल्बका पूर्ब अध्यक्ष बिमल रिजाल,बिजय केसी,राप्ती अंचल बस ब्यबसायी समीतीका अध्यक्ष शुरेस हमाल,शसस्त्र प्रहरी निरीक्षक धनन्जय केसी लगाएतको सहभागीता रहेको थीयो ।