१६ भदौ, रोल्पा ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा, रोल्पाले हरेक महिनाको १५ गते सञ्चालन गर्दै आएको स्रष्टा चौतारीको ४८ औं शृङ्खला शनिबार लिबाङमा सम्पन्न भएको छ । कार्यक्रममा स्रष्टाहरुले खिर खाँदै रचना वाचन गरेका छन् । कार्यक्रममा ओम केसी, डी.बी. टुहुरो, पुरण क्षेत्री, चाङ चिराग, भगवती बुढामगर, देवी गुरुङ, नवीन लोचमगर, देवा सानुनय, रामचन्द्र श्रेष्ठ, मोहन सहयात्री लगायतले भनाइसँगै रचना वाचन गरेका थिए ।
त्यस्तै कार्यक्रममा दिलकुमारी बुढामगर, तेसन घर्तीमगर, तिलक मगर, आशिष कल्पवृक्ष, गणवीर बुढामगर, खबपु चञ्चल मगर, केवी विरहीले रचना बाचन गरे । त्यस्तै अमर जी.एम., नारायण जिज्ञासु, उमेश पुनमगर, लालसिं भावुक, चित्रवियोग झाँक्रीमगर, यामकुमार बुढाथोकी, जंगबहादुर पुन, गंगा चिन्तित, अशोक वली परिवर्तन लगायतले पनि रचनाहरु बाचन गरेका थिए ।
कार्यक्रममा सहभागीहरुलाई आयोजक राप्ती साहित्य परिषद्, जिल्ला शाखा, रोल्पाका अध्यक्ष गोकर्ण पुनले धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।