घोराही, १६ साउन दंगाली कलाकारहरुले छोटो चलचित्र ‘किन’ निर्माण गरेका छन् । जिल्लामा चलचित्रको क्षेत्रमा क्रियाशील कलाकारहरुले सट् मुभि ‘किन अ सेल्फ कन्फ्यूजन’ निर्माण गरेका हुन् । लैंगीक विभेदका कारण छोरी भएकै कारण गर्भमा नै भ्रुण हत्या गर्ने नेपाली समाजको विकृतिलाई कथामा समेटेको चलचित्रको निर्माण गरिएको निर्माण पक्षले बताएको छ ।kkkkkkkkkghkghkghk

घोराही नगरका महत्वपूर्ण स्थान लगायत जिल्लाका विभिन्न स्थानमा छायांकन गरेको चलचित्रमा दंगाली कलाकारहरुले अभिनय गरेका छन् । चलचीत्रमा नयाँ प्रविधीको प्रयोग गरिएको निर्माण पक्षले बताएको छ । जि फाईभ ग्रुप फिल्मस् प्रालिको प्रस्तुतिमा अभिषेक सेर्पाईली निर्माण रहेको चलचित्रको लेखन तथा निर्देशन सुशील स्टुपीटले गरेका छन् ।

चलचित्रको सहनिर्देशकमा प्रज्वल योगी, छायांकन हुमबहादुर रेग्मीको रहेको छ । चलचित्रमा कलाकारहरु गणेश वेल्वासे, पूजा रिजाल, जीवन विसी (जेवी), मञ्जु विसी, सुदन नेपाली, खगेश्वर पौडेलले गर्नुभएको छ ।

यसैबीच छोटो चलचित्र ‘किन’को घोराहीमा च्यारेटि शो गरिने भएको छ । करिब १ घण्टाको सट् मुभीको असोज १ गते विश्वकर्मा पूजाको दिन घोराहीको निमा चलचित्र मन्दिरमा च्यारेटि सो गरिने निर्माण पक्षले जानकारी दिएको छ । दिउसो ३ बजेदेखी हुने च्यारेटि सोमा सहभागी भएर चलचीत्र हेरेर सल्लाह सझाव दिन निर्माण पक्षले सम्पूर्ण दर्शकहरुमा अनुरोध गरेको छ ।।