गोविन्द खड्का
घोराही १३ साउन
टोल विकास संस्थाको बैठकमा छर्लक्कै महिला हुन्छन् । बस्तिहरु पुरुष विहिन हुदै गएपछि बाद्यता सिर्जना भएको छ । बैदेशिक रोजगारको कमाईले पुरुषलाई विदेशतिर लखटिरहेको छ । जता सुकै महिला देखिन्छन् । गिठेपानी रानीजरुवा सडक बनाउदा पाइप काटियो । बिहानै स्थानिय बासिन्दा घर घर बाट निश्कीए ।
हातमा कोदाली बोकेर डोजरले थिचेको चाम्रो माटो खन्ने कोदाली मच्चाईरहेका महिला थिए । यसैगरी रुन बग्ने पानीले गर्दा भुपु सैनिकले बनाएको पाईप थुनियो । पानी नआएपछि गिठेपानी क्षेत्रका बासिन्दा पाईप ठटाउन हिडे । तिनीहरुमा केहि वालक, बृद्ध थिए । बहुमत महिलाको थियो ।
लावा लस्कर महिलाहरु पाईप उठाए, ठटाए, पानी गाउमा ल्याए । पुरुषहरु पछि पछि जोड्नमा मात्रै लागेका थिए । महिलाको तुलनामा निकै न्युन थियो उनिहरुको जमात । यसैगरी कालीका सामुदायीक वन उपभोक्ता समुहले बृक्षा रोपन कार्यक्रम आयोजना गरेको थियो ।
अध्यक्ष सम्झना घर्ति महिला हुनुहुन्छ । त्यस संगै समितिका अन्य सदस्य पनि धेरै महिला छन् । यसलाई महिला अधिकार स्थापित भएको अर्थ लगाउन सकिन्छ । तर बृक्ष रोपनको झारामा अधिकांश महिला थिए । तुलनात्मकरुपमा पुरुषको संख्या निकै कम थियो । तस्विर आफै बोल्छ ।
केहि टोलमा नेतृत्व गर्ने कुरै छोडौ प्रतिनिधत्व पनि पुरुषले गर्न नसक्ने अबस्था सिर्जना भएको छ । वडा सरसफाइ समितिका सचिव दिनेश वलीका अनुसार धेरै टोलविकास संस्थाका अध्यक्षहरु म्हिला छन् । बृहत छलफल गर्न जुट्नुपरे महिला बहुमतमा हुन्छन् । उनिहरु आफ्ना मुद्धामा एकजुट हुन्छन् । पुरुषहरु बदल्नै सक्दैनन् । जसले गर्दा महिला निर्णायक शक्ति भएका छन् ।
