काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ नियन्त्रणमा पुगेकी छन् । अभद्र व्यवहारसम्बन्धी मुद्दामा बुधबार दिउँसो उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पक्राउ पुर्जी लिएर प्रहरी वृत्त स्वयम्भूको टोलीले तामाङलाई पक्राउ गरेको हो। गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा अनुसन्धान गर्न तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।