दाङ । दाङ जिल्ला उधोग वाणिज्य संघको आयोजनामा फागुन २ गतेदेखि १८ गते सम्म हुने छैठौ कृषि पर्यटन तथा व्यापार महोत्सव २०८१ को मूल आयोजक समिति गठन गरिएको छ।

संघको आज बसेको बैठकले संघका अध्यक्ष वसन्त जोशीको संयोजकत्वमा मूल समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा नरेश कुमार श्रेष्ठ , धुर्वकुमार गहतराज, लिलाराम खड्का र महेन्द्र बुढाथोकी रहेका छन् । त्यस्तै आर्थिक समिति संयोजक निवर्तमान अध्यक्ष टंक सिंह बुढाथोकी, अतिथि सत्कार समिति संयोजक पूर्वअध्यक्ष नारायण प्रसाद भुसाल, संघसंस्था समन्वय समिति संयोजक पूर्वअध्यक्ष हेमराज बन्जाडे, मुल्यांकन तथा अनुगमन समिति संयोजकमा पूर्वअध्यक्ष मधुसुदन वैध रहेको संघका सचिव विकास वलीले जानकारी दिएका छन् ।

यसैगरी प्रचारप्रसार उपसमितिमा संयोजकमा युवराज पोख्रेल, खानेपानी तथा सरसफाई उपसमिति नोर्बु तामाङ लामा, स्टल व्यवस्थापन विकास वली, मन्च व्यवस्थापनमा रुद्र शर्मा जैसी, कृषि तथा धार्मिक विष्णु प्रसाद रिजाल, स्वयम सेवक परिचालन विक्रम राना, आर्थिक व्यवस्थापन जगत आचार्य, वाल उधान पुष्करराज न्यौपाने, भोजन तथा आवास दिपक पण्डित, महिला उधमी तथा प्राथमिक उपचार लिला नेपाली, आर्थिक तथा टिकट माधाव खनाल, सुरक्षा व्यवस्थापन रामप्रसाद पोख्रेल, शोभा यात्रा निमबहादुर बुढाथोकी, भौतिक निर्माण र साहित्य सुरज बुढाथोकी, पर्यटन प्रवन्धन जुद्द बहादुर घर्ती, पार्किङ व्यवस्थापन युवराज पन्त र जनसम्पर्क समन्वयमा ऋषि पोख्रेल संयोजक रहेका छन् । महोत्सवका सल्लाहकारहरुमा भरत बुढाथोकी, रामदयाल गुप्ता, माधवप्रसाद शर्मा, धुर्वराज श्रेष्ठ भारी र चन्द्रराज पन्तलाई राखिएको छ ।