बाँके। शीतलहर र चिसो अत्यधिक बढेपछि कोहलपुर नगरपालिकाले नगरभित्रका सबै विद्यालय चार दिन बन्द गरेको छ ।
केही दिनयता बढ्दै गएको अत्यधिक चिसोका कारण बालबालिकाहरु बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि २९ गतेसम्म लागि पालिकाभित्रका सम्पूर्ण विद्यालय बन्द गरिएको कोहलपुर नगरपालिकाका प्रवक्ता नमबहादुर आलेमगरले जानकारी दिए ।
