????????????????????????????????????

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा एक पटक देशको नेतृत्व गर्ने आफ्नो पार्टीको चाहाना भएको बताएका छन् ।

अहिलेसम्म कानुनी रुपमा पार्टी नै दर्ता नगरेका विप्लवले पार्टी ध्रुवीकरण कार्यक्रममा सेवा सुविधाका लागि नभइ देश र जनताको सेवाका लागि नेकपाले एक पटक देशको नेतृत्व गर्न चाहेको बताए। मुलुकको विकास र नेपाललाई हेप्ने विदेशी शक्तिका विरुद्ध सशक्त भएर उभिने स्पष्ट दृष्टिकोण नेकपामा रहेको दावी गरे ।

दलालहरूको व्यवस्थालाई बदल्न जरुरी रहेकाले सबै माओवादी घटकहरू तयार हुनुपर्ने बताउदै विप्लवले समान विचारधाराबीच एकता र सहकार्य गर्दै देशलाई संकटबाट रुपान्तरणतर्फ लैजाने बताए।