बनेपा १६ साउन । नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले नयाँ सरकारमा जाने सम्भावना कम रहेको बताउनुभएको छ ।
काभ्रेपलाञ्चोकको दोलालघाटमा भएको एक कार्यक्रममा बोल्दै एमाले वरिष्ठ नेता नेपालले काँग्रेस, एमाले र माओवादी केन्द्र मिलेर मात्रै अप्ठेरो बेलामा संविधान कार्यान्वयन गर्न, विभिन्न तीन तहको चुनाव गराउन र आवश्यक परे संविधान संशोधन गर्नसमेत दुई तिहाई पुग्ने भएकाले आपसी विश्वास र सहकार्य आवश्यक भएकामा जोड दिनुभयो ।
उहाँले २०७४ माघ ७ गतेसम्म स्थानीय, प्रादेशिक र केन्द्रीय तहको निर्वाचन नभए मुुलुकमा संवैधानिक सङ्कट आउने उल्लेख गर्नुभयो ।
उहाँले गाउँपालिकाको स्वरुपनै गलत भएको टिप्पणी पनि गर्नुभयो । एउटा गाउँ सानो हुन्छ, नगरको कुनै पूर्वाधार छैन यस्तो अवस्थामा कसरी गाउँपालिका हुन्छ उहाँले भन्नुभयो ।