इन्द्रेणी संवाददाता
दाङ । प्रेस सेन्टर घोराही उपमहानगरपालिका शाखाको अध्यक्षमा हेमराज परिवर्तन चनय भएका छन् । शाखाको आज मंगलवार घोराहीमा सम्पन्न दोस्रो अधिवेशनबाट परिवर्तनको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
शाखाको उपाध्यक्षमा वर्षा मगर र उपाध्यक्षमा विष्णु गोराथोकी, सचिवमा सुबिनराज शेर्पाइली, सहसचिवमा अमृता डाँगी र सहसचिवमा रमण शर्मा र कोषाध्यक्ष भिउमन पुनपगर चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा असीमा घर्तिमगर, बलजीत दमाई, मनोज मगर, हिरा केसी, रामकुमार दाहाल, प्रज्वल खड्का र नवीन गौतम चयन भएका छन् ।
अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष अजयदीप शर्माले पत्रकारहरूले पत्रकारिता क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन संगठनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले पछिल्लो समय पत्रकारिता क्षेत्रमा कमजोर हुँदै गएकोले त्यसलाई थप व्यवस्थित बनाउनका लागि पत्रकारले बोल्ने भन्दापनि लेख्ने कुरा विशेष जोड दिनुपर्ने बताए ।
यस्तै विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रयीय सदस्य हेमराज शर्मा डायमण्डले सधैँ रचनात्मक र सकारात्मक समाचार सम्प्रेषणमा कलम चलाउनुपर्नेमा जोड दिए । पत्रकारहरूले सत्य, तथ्यमा आधारित सूचना सम्प्रेषण गर्नुपर्ने धारणा राखे । उनले पत्रकारहरू बहकाउबाजी र कसैको स्वार्थमा उपयोग हुन नहुनेमा उनको भनाई थियो ।
कार्यक्रमा नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव सविन प्रियासनले पत्रकारिता माध्यमबाट नै समाज रुपान्तरण हुने कुरामा जोड दिँदै सबै संगठनहरुको क्रियाशीलताले मात्र समाज रुपान्तरण हुने बताए । उनले समाज रुपान्तरणमा सञ्चार संगठनहरुको क्रियाशीलता देखिएन भने समग्र पत्रकारिता क्षेत्रनै कमजोर बन्दै जानेमा जोड दिए ।
प्रेस सेन्टर नेपाल नीति तथा परामर्श समितिका सदस्य एवं नेपाल पत्रकार महासंघका केन्द्रीय निवर्तमान उपाध्यक्ष उदय जिएमले पत्रकारिता क्षेत्रमा जोडिएका हरेक पत्रकारले आफ्नो व्यत्तित्व विकाससँगै पहिचा निमार्ण गर्न आवश्यक रहेको बताए । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले महासंघले पत्रकारको पेशागत सुरक्षाका जिल्ला रहेका पत्रकारिता गर्ने विभिन्न सञ्चार संगठनसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । सो अवसरमा पत्रकार नारायण विवस, गोबिन्द खड्का, शारदा शर्मा र बिष्णु अधिकारीलाई सम्मान गरिएको थियो ।
संगठनका कार्यबाहक अध्यक्ष हेमराज नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र घोराही नगरका अध्यक्ष अटल चौधरी, प्रेस सेन्टर नेपाल दाङका संस्थापक अध्यक्ष पुरन शर्मा, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका महासचिव भुपेन्द्र वली, प्रेस चौधरी नेपाल दाङका पूर्व अध्यक्ष जेएन सागर, प्रेस सेन्टर नेपाल दाङकी अध्यक्ष अनिता पोख्रेल, जनपत्रकार संगठन नेपाल दाङका उपाध्यक्ष जंग रेउलेलगायतले शुभकामना मन्तव्य रोखका थिए । सेन्टर नेपाल घोराहीका उपाध्यक्ष वर्षा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सदस्य सुविन सेर्पाईलीले गरेका थिए ।











