घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले श्री सिर्जनशील आधारभूत विद्यालय बाहुनडाँडाका विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरेको छ । वडाले विद्यालयका ११६ जना विद्यार्थीहरुलाई जाडो समयमा प्रयोग हुने पोशाक (न्यानो कपडा) प्रदान गरेको हो ।

वडाअध्यक्ष ताराबहादुर डिसीको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी पोशाक वितरण गरेको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक रमेशकुमार पाण्डेले विद्यालयको शैक्षिक तथा भौतिक स्थितिको बारेमा जानकारी गराउनुभएको थियो ।

विद्यालयमा कक्षा नर्सरीदेखी ८ कक्षासम्म अध्ययनरत ११६ विद्यार्थीहरुलाई विद्यालय ट्रयाक सुट, टिसर्ट पाएसँगै विद्यार्थी एवं अभिभावकहरुले वडा कार्यालयलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष ताराबहादुर डिसीले वडा कार्यालयले वडाबासीहरुको तत्काल र दिर्घकालिन आवश्यकतालाई मध्यनजर गर्दै काम गरिरहेको बताए ।
वडा कार्यालयले यस अगाडी प्रा.वि करौतिडाँडा र प्रा.वि.सानी अम्बापुरमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेको वडाध्यक्ष डिसीले जानकारी दिए ।