काठमाडौँ । आज बौद्धधर्मालम्वीहरुले तोल ल्होसार बनाउदैछन् । प्रत्येक वर्ष पौष शुक्ल प्रतिपदाका दिन मनाइने यो पर्वमा आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरिन्छ । तोला लोसार ११ औ महिना अर्थात् पुसमा पर्दछ । वर्ष (लो) फेरिने क्रममा भएकाले ग्रह नक्षत्र वा आकासिए पिण्डहरूको चलायमान अवस्थासँग यसको तुलना हुने धर्मग्रन्थमा उल्लेख छ ।

यो पर्व विशेष गरी हिउँदको घाम फर्कँदा लोसार मान्ने प्रचलन मञ्जुश्री (नाग्चीपा) ज्योतिस परम्परा पनि मानिन्छ । बुद्ध धर्मावलम्बीको महान् पर्व कोङ्पो, तोला, सोनाम र ग्याल्पो लोसार मनाउने गर्दछन् । कोङपो पछि आउने तोल लोसार पनि पुरानो पर्वको रूपमा मानिन्छ । हिमाली क्षेत्रका हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङलगायतका जिल्लामा मनाइँदैछ । तोल ल्होसारलाई सबैभन्दा पुरानो पर्व मानिन्छ ।

‘लो’ को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ त्यसैले नयाँ वर्ष परिवर्तन हुने पर्व पनि हो । यस पर्वमा पूजापाठसँगै गुथुक, खाप्से, रिल्दुक, रिकुर लगायतका परिकारहरू बनाएर खाने र शुभकामना साटासाट समेत गरी रमाइलो गर्ने गर्दछन् । ।