देउखुरी। लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको पाँचौं अधिवेसन आह्वानकालागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमवार सम्पन्न प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी पुस १६ गते दिउँसो २ बजे प्रदेश सभाको पाँचौं अधिवेसन आह्वानकालागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।

‘पाँचौ अधिवेसन आह्वानकोलागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको छ’मन्त्री पन्थीले भने ,‘अव सदन चल्छ र नियमित छलफल हुन्छन् ।’ भदौ ३१ गते चौथो अधिवेसन अन्त्य भएको थियो । साढे तीन महिनापछी पाँचौं अधिवेसनको बैठक बस्न लागेको हो । यस्तै बैठकले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमती प्रदान गर्ने निर्णय गरेको छ ।