काठमाडौं । संघीय संसद सचिवालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा परेको जनाएको छ । आज एक सूचना प्रकाशित गर्दै सांसद पद निलम्बन भएको जनाएको छ।

संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले कांस्की जिल्ला अदालतमा लामिछाने विरुद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा दायर भएकाले मुद्दा किनारा नभएसम्म निलम्बनमा रहने कानुनी व्यवस्था उदृत गर्दै सूचना प्रकाशित गरेका हुन्।

यसअघि रास्वपाका नेताहरु सभामुख देवराज घिमिरेलाई भेटेर निलम्बनमा नराख्न अनुरोध गरेका थिए । लामिछाने अब मुद्दाको किनारा नलागेसम्म निलम्बनमा रहनेछन् ।