काठमाडौँ । टस जितेर पहिले ब्याटिङ गरेको युएईले आइसिसी महिला यु–१९ टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाललाई ८४ रनको लक्ष्य दिएको छ ।

निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ८३ रन बनायो । युएईका लागि समैरा धरनीधर्काले सर्वाधिक ३१ रन बनाउनुभयो । यस्तै रिनिथा रञ्जिथाले १८ बलमा २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले १०र१० रन बनाए । बलिङमा नेपालकी कृष्णा गुरुङले चार विकेट लिए भने चार ओभरमा १७ रन खर्चिएर उक्त विकेट लिए ।