म्याग्दी । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति निधन भएको हो । उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिएकी हुन् ।

उनको शव अस्पतालमै राखिएको र छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।