भ्रष्टाचार अन्त्य र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै आज युवाहरुले प्रदर्शन गर्ने भएका छन् । डा‍. गोविन्द केसीको अगुवाईमा आज काठमाडौंमा प्रदर्शन गर्न लागिएको हो । केसीको समर्थनमा अभियान चलाउँदै आएका युवाहरुको आह्वानमा प्रदर्शन आज बिहान ११ बजेपछि काठमाण्डुको माइतिघर मंडलामा प्रदर्शन हुन लागेको हो ।

Dr-Govinda-Kc-835x350‘डाक्टर केसीसँगै हिँडौं, भ्रष्टाचार बिरुद्ध उत्रौं’ भन्ने आह्वानका साथ प्रदर्शन हुन लागेको युवाहरुको समुहले बताएको छ । त्यस्तै मेडिकल क्षेत्रको सुधारका लागि केसी समर्थकहरुले संसदमा समेत प्रस्ताव पेश गर्ने भएका छन् ।

सोमबार बस्ने संसद बैठकमा प्रस्ताव दर्ता गरिने केसी समर्थक डा। जीवन क्षेत्रीले जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै १६ दिनसम्म अनसन बसेका डाक्टर केसीले सरकारसँग सहमति गरेपनि अनसन तोडिएको थियो ।