इन्द्रेणी संवाददाता
दाङ । दाङमा बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका एक सशस्त्र प्रहरीका जवानले प्रहरी हिरासतमै पासो लगाए आत्महत्या गरेका छन् ।

प्यूठानको बडडाँडा घर भएका प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीको प्रहरी हिरासतमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङमा प्रहरी प्रमुख एपसी अर्जुन प्रसाद तिमिल्सिनाका अनुसार उनी आफूले लगाएको गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा झुन्डिएको अबस्थामा आज बिहान ५ बजे फेला परेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी जवान रेवन केही दिन अघि दाङको भालुवाङमा भएको बालिका बलात्कारको आरोपमा पक्राउ परेका थिए ।