काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज आइतबार राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको हो ।
असोज १६ गते संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम सर्वसम्मत अनुमोदन गरेको थियो । संवैधानिक परिषद्को गत भदौ ३१ गते बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो।