तुलसीपुर, १५ साउन
रेडियो हाम्रो पहुँच ८९ मेगाहर्जको आयोजनामा आज देखि तुलसीपुरमा आधारभूत पत्रकारीता तालिम सुरु भएको छ । ५ दिन सम्म सञ्चालन हुने तालिमको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले पत्रकारले पत्रकारीता क्षेत्रको गरिमा जोगाउँदै आफ्नो कर्तब्य पूरा गर्नु पर्ने बताएका छन् । बक्ताहरुले पत्रकारीतामा रुची राखे ज्ञान लिने क्षेत्र ब्यापक रहेको भन्दै पेशामा टिक्नु महत्वपूर्ण रहेको बताएका छन् ।
हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सामुदायीक रेडियो प्रसारक संघका सचिव अर्जुन गिरीले हिजोको तुलनामा आज सञ्चार माध्यम बढि भएकाले पत्रकारीता तालिम लिनेहरुलाई प्रयोग गर्न सजिलो भएको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि रहनु भएका गिरीले कुन समाचारलाई कुन स्थान दिने भन्ने कुरामा पत्रकारी जगत चुकेको भन्दै सञ्चार माध्यममा श्रमिक जनताको पक्षलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
पत्रकारीता क्षेत्रमा चुनौती भएपनि चुनौती पार गर्दा हुने आत्म सन्तुष्टी नै मुख्य कमाइ रहेको गिरीले बताउनु भयो । श्रोता, पाठक तर्था दर्शकको भावनालाई बुझेर सञ्चार माध्यमले सामग्री दिनुपर्ने उहाँले बताउनु भयो । रेडियो हाम्रो पहुँच देशमै नमुना र सामुदायीक रेडियोको इज्जत जोगाउन सफल रहेको भन्दै प्रमुख अतिथि गिरीले रेडियो हाम्रो पहुँचले सामग्रीलाई बलियो बनाएर लगे राष्ट्रिय र अन्र्तराष्ट्रिय पुरस्कारको दावेदार हुने बताउनु भयो ।
कार्यक्रममा हाम्रो पहुँचका बरिष्ठ सल्लाहकार भरत भण्डारीले भविश्यमा के बन्ने लक्ष निर्धारण गरेर जानुपर्ने बताउनु भयो । कार्यक्रमका बिशिष्ट अतिथि भण्डारीले पत्रकारीतामा रुची राखे ज्ञान लिने क्षेत्र ब्यापक रहेको भन्दै विशिष्ट अतिथि भण्डारीले पेशामा टिक्नु महत्वपूर्ण रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भण्डारीले रेडियोले आफूलाई चाहिने जनशक्ति तालिमबाटै उत्पादन गर्ने गरेको बताउनु भयो ।
तालिम संयोजक बसन्त पौडेलको सञ्चालनबाट सुरु भएको पाँच दिने आधाभूत पत्रकारीता रेडियो उद्घोषण एवं प्राविधिक तालिममा हाम्रो पहुँत सेकेण्डरी विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले पत्रकारीता समाज सुपान्तरण सँग जोडिएको भन्दै पत्रकार समाज प्रति बफादार बन्नु पर्ने बताउनु भयो ।
४० जनाको सहभागीता रहेको तालिममा रेडियो सञ्चालन उपसमितिका सदस्य उत्तम प्रसाद भण्डारीले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।।
