जाजकारकोट, १५ साउन
क्रान्तिकारी पत्रकार संगठन नेपाल जाजरकोटको जिल्ला अध्यक्षमा तिर्थराज बोहरा निर्वाचित हुनुभएको छ । पहिलो जिल्ला सम्मेलनले एक सदस्य पछि थप गर्ने गरी बोहोराको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा लक्ष्मण ओली, सचिवमा निर्मला थापा र कोषाध्यक्षमा डम्मर सिहं निर्वाचित हुनुभएको छ । jjkt

त्यसैगरी सदस्यहरुमा मिलन शाही, मिलन सिंह, दिपेन्द्र शर्मा, अनिता सार्की, देवबहादुर ओली, भुपेस कुमार ज्योति, रविलाल गिरी र राज कुमार नेपाली रहनुभएको छ । सम्मेलको उद्घाटन संगठनका केन्द्रिय अध्यक्ष प्रभात चलाउनेले गर्नुभएको थियो ।

अध्यक्ष चलाउने सहित केन्द्रीय सदस्यहरु निलम आर सी र तिलक अधिकारले नयाँ कार्यसमितिलाई बधाई दिँदै जनताको पक्षमा कलम चलाउन आग्रह गर्नुभयो । साथै संगठनले जिल्ला सम्मेलन कुशलतापुर्वक सम्पन्न गर्न सहयोग गर्ने सवैमा धन्यावाद ज्ञापन गरेको छ ।।