दाङ, १५ साउन
दाङमा छुटटाछुटटै सवारी दुर्घटनामा परी २ जना घाइते भएका छन । तुल्सीपुर नगरपालिका ५ रानी जरूवामा रोकी राखेको रा १ त ९४८ नं को ट्याक्टर आफै अनियन्त्रित भई ठक्कर दिदा नजिकै खेली रहेकी सोही ठाँउकी ४ वर्षकी सलिना बस्नेत घाइते भएको प्रहरीले वताएको छ ।images
गम्भिर घाईते सलिनाको राप्ती अंचल अस्पतालमा सामन्य उपचार पछि नेपालगन्ज रिफर गरिएको छ ।

ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी घोराही–लमही सडक खण्डको सिस्ने खोला नजिक साइकलको ठक्करवाट एक जना घाइते हुनुभएको छ । पैदल यात्री घोराही नगरपालिका ६ वस्ने ४७ वर्षका छविलाल बिकलाई साईकलले ठक्कर दिँदा टाउकोमा चोट लागी गम्भिर घाइते भएका बिकको अहिले नेपालगन्जमा उपचार भइरहेको छ ।।