इन्द्रेणी संवादादता
रोल्पा, १५ साउन
रोल्पामा शिशु र बालक हत्याको अभियोगमा ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा २ महिला र २ पुरुष रहेका छन । बालक हत्याको अभियोगमा प्रहरीले इरिबाङ गाविस–१ ओगाउँका २५ वर्षीया बिमला पुनमगर र सोही ठाउँका २१ वर्षका गोविन्द पुनमगरलाइ पक्राउ गरेको छ ।  उनीहरुले एक १४ वर्षीय बालकको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।arest

साउन १० गते बालक भरत पुनमगरले आत्महत्या गरेको भनी स्थानीयले प्रहरी चौकी ओबाङलाई खबर गरेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो । प्रहरीले अनुसन्धान गर्दा बिमला र गोविन्दबीचको अनैतिक सम्बन्धको बारेमा खुलासा हुने डरले हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर केशवबहादुर बस्नेतले जानकारी दिनुभयो ।

बालकले आत्महत्या गरेको भनिएपनि आरोपितहरुले बालकको घाँटीमा डोरी कसी घाँटी थिचेर हत्या गरेको खुल्न आएको प्रहरीले बताएको छ ।  ओरोपित बिमला बालकका सौतेनी आमा हुन् । बालकमार्फत उनीहरुबीचको सम्बन्ध बाहिर आउने देखिएपछि हत्या गरिएको अभियुक्तहरुले प्रहरीसमक्ष बयान दिएका छन् । बालकका बुबा वीर सिंह भने वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन् ।